उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित


चितवन/२९ पुस/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । केही समयपछि घोषणा हुने बुझिएको छ । अध्यक्ष पदमा २ हजार ५ सय ६८ मतमा राजु श्रेष्ठलाई १ हजार ५ सय ८८ र ज्ञानेन्द्रमान शाक्यलाई ९ सय ८० मत प्राप्त भएको छ । मतअन्तर अब गन्न बाँकी मत भन्दा बढी भएका कारण श्रेष्ठको जीत सुनिश्चित भएको हो ।
३ हजार ७ सय ४८ जना सदस्य रहेको संघको नेतृत्व चयनमा ३ हजार १ सय ७२ जनाले सहभागिता जनाएका छन् ।
संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल २६, विनोद तिमिल्सिना २१, धनप्रसाद पोखरेल २८, सर्मिला न्यौपाने २० मत प्राप्त गरेर विजयी भएका छन् । उद्योग, वाणिज्य, महिला उद्यमी पदका लागि गणना भइरहेको छ ।
संघको नेतृत्व चयनका लागि यसवर्ष पहिलो पटक विद्युतीय भोटीङ् मेसीनबाट मतदान भएको हो ।