उवासंघ चितवनमा सत्तापक्ष प्रतिपक्ष भिडन्त:ब्यबसायीमाथी थोपरिएको करको कारण नेकपा समर्थकलाई हम्मे हम्मे

 

 

                                                                                                    फोटो :  सौराहा अनलाईनबाट

सुर्य बराल/चितवन/चितवन उद्योग वाणिज्य संघ चितवनको चुनावी सरगर्मी केहीदिन यता ह्वात्तै बढेको छ । सत्तापक्ष र प्रतिपक्ष सर्मथक ब्यबसायीहरु प्यानलै बनाएर चुनाबमा होमिएका छन् ।  अध्यक्षका दुई आकाक्षी मध्ये राजु श्रेष्ठ सत्तापक्षबाट र अर्को समुह अर्थात प्रतिपक्षको सर्मथनमा ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा भिडन्त गरेका छन् ।

आ आफ्ना सदस्यहरु समेत तयार गरी ब्यबसायीहरु प्यानल नै बनाएर सत्तापक्ष र प्रतिपक्षको ईशारामार चुनावी मैदानमा भिडीरहेका छन् । आज बिहानसम्म ३ उपाध्यक्ष र ६ जना सदस्य निरविरोध चयन भएका छन्, जसमध्ये बरिष्ठ उपाध्यक्षमा निर्वाचित चुननारायणले अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्रमानलाई समर्थन गरेका छन् । त्यस्तै उपाध्यक्षद्धय सुमन श्रेष्ठ र भोजनाराण कौडालले समेत त्रानेन्द्रमानलाई सर्मथन गरेका छन् ।

यो अवस्था सँगै काँग्रेस र सरकारी कम्युनिष्ट उम्मेदवारबीच चुनाव हुने पक्का भएको छ । सरकार बिरोधी कम्युनिष्टहरुको समेत त्रानेन्द्रमानलाई समर्थन जाने
अवस्था देखिएकोले यो चुनाबमा सत्तापक्ष र प्रतिपक्षको रुपमा अध्यक्ष्का दुई प्रत्यासीबीच कडा प्रतिस्प्रधा हुने स्पष्ट संकेत देखिएको छ । यसअघि अध्यक्षमा राजु र चुननारायण श्रेष्ठको दाबी थियो, तर केही पूर्वअध्यक्षहरु सहितको गोलाप्रथाले चुननारायणलाई अध्यक्षबाट व्याक हटायो । त्यही गोलाप्रथाको बिरोधमा ब्यबसायीको स्वतन्त्र मतको वकालत गर्दै अध्यक्षमा अर्का उम्मेदवार ज्ञानेन्द्रमान शाक्य उदाय, जस्ले चुनाबी महोल आफ्नो पक्षमा पार्दै लगेका छन् ।

अध्यक्षमा सत्ताधारी समर्थक राजु श्रेष्ठ र नेपाली काँग्रेस समर्थक ज्ञानेन्द्रमान शाक्यको बिचमा कडा प्रतिस्प्रधा हुने भएको छ । दुबै नारायणगढका स्थानीय व्यवसायी हुन् । ज्ञानेन्द्रमान सुँन व्यवसायी हुन् भने राजु होटल व्यवसायी हुन् । बर्तमान अलोकप्रिय सरकार सर्मथक सबैतिर हारखाईरहेको परिपेक्ष्यमा उबासंघको चुनाबमा सत्तापक्ष सर्मथक राजुलाई निर्वाचनमा जित हासिँल गर्नु भनेको फलामको चिउरा चबाएसरह नै देखिन्छ ।

यधपी राजुको आफ्नै कर्म र प्रयासले भने मेहनेत गरेमा उनले चुनाब आफ्नो पक्षमा पार्नपनि सक्छन् । तर चितवनमा गएको उपनिर्वाचनमा दुईतिहाईको दम्भ देखाएको कारण नेकपाले सर्मानक हार ब्योहोरेको परिपेक्ष्यमा नेकपा बिरोधीहरुको मोर्चाबन्धी भईरहेकाले ज्ञानेन्द्रमाको पोल्टोमा चुनाबी परिणाम आउनसक्ने जानकारहरुको बिश्लेषण छ ।

नेकपाको गिर्दो साख र ब्यबसायीमाथी थोपरिएको अन्यायपूर्ण कर निती तथा अस्पष्ट अर्थनितीको कारण नेकपा सरकार र सर्मथकमाथी ब्यबसायीको बिश्वास गुमिसकेको छ । ब्यबसायी मतदाताले कस्लाई बिश्वास गरी चुनाब जिताउनेछन त्यो त आगामी दिनले नै देखाउनेछन् । हामी दुबेलाई शुभकामना दिन्छौ । बाँकी मतदाताको हातमा ।