निर्भया हत्याकाण्डका दोषीलाई भारतीय अदालतले दियो मृत्युदण्डको सजाय

नयाँदिल्ली । भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्डको फैसला सुनाइएको छ । दिल्ली अदालतको फैसला अनुसार दोषीहरुले आगामी जनवरी २२ को बिहान ७ बजे मृत्युदण्डको सजाय पाउनेछन् ।

२०१२ को सामूहिक बलात्कारपछि हत्याको घटनामा अक्षेय ठाकुर सिंह, मुकेश पवन गुप्ता र विनय शर्मा २०१२ मा दोषी ठहर भएका थिए । दिल्लीस्थित २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयालाई बलात्कारपछि हत्याको उक्त घटनाको सात वर्षपछि अदालतले यस्तो फैसला गरेको हो ।

यही विषयलाई लिएर यसअघि भारतका विभिन्न स्थानमा पटक पटक आन्दोलन भए । मृतकका परिवार, आफन्त र अन्य अधिकाकर्मीले पटक पटक आन्दोलन गरेपछि दोषीले सजाय पाउने भएका हुन् । अभियुक्तहरु हाल दिल्लीको तिहार जेलमा छन् ।