जनताको सुरक्षामा ध्यान देऊ

चितवनमा यो हप्ता दुई मुख्य ठुला घटना घटे । जसमध्ये पहिलो, गत कार्तिक ३० गते चितवनको दक्षिणी क्षेत्र माडीमा जङ्गली हात्तीको आक्रमणमा परी माडी नगरपालिका १ बरुवाका ६० बर्षिय बाबुराम पौडेल र उनका ३५ बर्षिय छोरा राजु पौडेलको मृत्यु भयो । दोश्रो हो, प्रहरीले गत कार्तिक २८ गते अत्याधुनिक पेस्तोलसहित चितवनबाट दुई जनालाई पक्राउ गर्यो । गत् बिहिबार बिहान पूर्वी ्चितवनको राप्ती नगरपालिका–६ हर्दी्स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाले गस्तिमा रहेको प्रहरीलाई देखि शंकास्पद ब्यबहार गरेको प्रहरीले चालपाएपछी उनीहरुलाई समाउन खोज्यो । प्रहरीले समाउन खोजेपछी उनीहरु भाग्न कोशिस गरे तर प्रहरीले उनीहरुलाई पक्रन सफल भयो । उनीहरुबाट मेडईन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरेसँगै जिल्लामा मान्छेबाट मान्छेलाई हुने सुरक्षा खतरा बढेको महशुस गरिएको छ । अझ चिन्ताको बिषय प्रहरीले पेस्तोलसहित पक्राउ परेकाहरु दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेछन् । यसरी के कारणले बाहिरी जिल्लाका ति ब्यक्तिहरु चितवनमा दिन दहाडै पेस्तोल बोकेर हिडेका हुन जुन कुराले थप आशंका र चिन्ता बढाएको छ । उनीहरु बिप्लब नेकपाका कार्यकर्ता हुन या पेशेवर आपराधिक समुहका सदस्य प्रहरीले अहिलेसम्म सार्बजनिक गरेको छैन् । पहिलो घटनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका जंगलहरुबाट मानब बस्तीमा आउने हिंस्रक जंगली जनवारहरुलाई नियन्त्रण गर्ने कुरा हो । जंगली जनवारलाई नियन्त्रण गर्ने योजना र कार्यक्रम नहँुदा बर्सेनी दर्जनौ नागरिकहरुको अनाहकमा ज्यान गईरहेको छ । यस बिषयमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकार, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र अन्य सरोकारवाला राजनितीक दल र निकायहरुले छिटो भन्दा छिटो आगामी दिनमा त्यस किसिमका दुखदायी घटना नघट्न तत्काल उपायहरु अबलम्बन गर्न कत्तिपनि ढिला नगरी जनताको ज्युधनको सुरक्षको लागी लाग्नुपर्दछ । दोश्रो, जिल्लामा मंसिर १४ गते स्थानिय उपनिर्वाचन छ । सुरक्षा थ्रेट बढेको प्रष्ट देखिएको छ । अर्कोतिर बहिस्कारको नाममा बिप्लव नेकपाले पनि केही घटनाहरु घटाउन सक्ने देखिन्छ । उसो त् जिल्लामा पछिल्लो चरणमा शान्ती सुरक्षामा केही कमि आएको महशुस भईरहेको छ । अर्कोतिर दल र सत्ताको आडमा हुने गुण्डागर्दीले टाउको उठाउन खोजीरहेको आभास भईरहेको छ, जुन कुरालाई बेलैमा नियन्त्रण गरिएन भने आगामी दिनमा चितवनमा गुण्डागर्दी र मानब हिंसाका घटनाहरु बढनसक्ने देखिन्छ । त्यसैले नेपाल प्रहरी लगाएतका राज्यका सुरक्षा निकायहरुका प्रमुख तथा त्यस स्थानमा कार्यरतहरुले ब्यबसायीक दक्षतालाई पूर्णरुपमा पालना गर्दै गुण्डागर्दीमा मात्रै होईन अन्य बिकृती बिसंगति रोक्न त्यस्ता गतिबिधी प्रति शुन्यसहन्सीलताको निती अबलम्बन गर्दै जिल्लाको सुरक्षा चुस्तदुरुस्त बनाउन लागीपर्नुपर्दछ । बिगतमा गुण्डा गर्दी गर्नेहरुको अहिले फेरी दादागिरी बढीरहेको पाईएको छ । समाजमा धाकधम्की र अबैध काम गर्न प्रहरीलाई प्रयोग गर्ने क्रम पनि बढेको पाईएको छ । पत्रकार कुटपिटसम्बन्धि लगाएत प्रहरीमा परेका गुण्डागर्दी सम्बन्धि निबेदनहरु उपर चितवन प्रहरीको कार्बाही धिमाहा गतिमा रहेको प्रष्ट देखिन्छ । तसर्थ चितवनमा मान्छे जंगली जनवार बनि घटाउने र जंगली जनवारद्वारा मान्छेमाथी हुने आक्रमण रोक्न बिशेष योजना साथ लागीपर्नुपर्ने देखिन्छ ।
अत् ःशासक, प्रशासक र सुरक्षा निकायहरु हो जनताको सुरक्षामा ध्यान देऊ । हामी जनताको तर्फबाट यहि अपिल गर्दछौं ।