सानालाई कर ठुलालाई उन्मुक्ति !, महाशय ज्यूहरु, के यहि हो राज्यको कर निती ?

देशमा बिगतबाटै साना, निर्बलिया, निमुखा सोझा सिधा जनतामाथी कानुनको नाममा केही मुठ्ठीभर बाठाटाठा, शासक, शोषक,सामन्त, दलाल र माफियाहरुले राज गर्दै आईरहेका छन् । त्यसैले जनजिब्रोबाट आजपनि ठुलालाई चैन सानालाई ऐन भन्ने उखान बाराम्बार ब्यक्त भईरहन्छ । साच्चै भन्ने हो भने देशमा जुनजुन ब्यबस्था आएपनि यो उखान चरितार्थ भईरहेको छ । देशमा आज कम्युनिष्ट नामधारी पार्टीको सरकार हँुदापनि यहि अवस्था रहनु सबैभन्दा चिन्ताको बिषय हो ।
एउटा सानो ब्यबसाय काम गर्ने हरेकले कर तिर्नुपर्छ । तपाई हामीले लगाउने लुगा,खाने खाधान्न, यातयातका साधन, प्रयोग गर्ने मोबाईल लगाएतका अन्य साधन, शिक्षा, आवास, स्वास्थ्य, खानेपानी सबैमा कर लाग्छ । हामीले पाईला पाईला र प्रत्येक बस्तुमा यतिधेरै कर तिरेका छौ की त्यो करलाई पारर्दशि ढङ्गले संकलन गरी समुचित रुपमा उपयोग र परिचालन गर्ने हो भने देश बिकास गर्न धेरै बर्ष नै लाग्दैन । अर्को कुरा हामी एक दुईलाख लगानी गर्नेदेखि करोडौं लगानी गर्नेले आफ्नो घर, खेत बैंकमा राखी रातदिन नभनि मेहनेत गरेर काम गरेको रकम नाफा घाटा जे भएपनि राज्यलाई कर तिर्छौ । तर त्यो करको खै हामीलाई सेवा, सुबिधा ?
झन्झटिलो दर्ता एवं नबिकरण प्रक्रिया, बोझिलो तथा दलाल करनिती, बैक तथा बित्तिय सस्ँथाहरुको मनलाग्दी एवं शुदखोरयुक्त चर्को ब्याज तथा बिभिन्न नाममा लिईने अन्य रकम र हर्जना, खुल्ला बजारको नाममा अपनाईएको गलत नितीको कारण सिर्जीत अस्वस्थ बजार, खुल्ला सिमाको कारण सिर्जीत समस्या, मैलो नियतको कर्मचारीतन्त्रको पकड, गैंरजिम्बेवार तथा अवसरबादी दलाल दलियतन्त्रका असक्षम नेताहरुको स्वार्थपूर्ण घिनलाग्दो निरन्तरको खेल, अन्धभक्त कार्यकर्ता तथा चिरनिन्द्रामा मस्त लम्पट असंगठित आम सर्बसाधरण र बैदेशिक लगानी तथा कमाउधन्दाका लागी माफीयाद्वारा सञ्चालित बोलवाला मिडीयाको भ्रमको पहाडको कारण बर्तमान परिबेशमा आम उधोगी,ब्यबसायी, कृषक र आमसर्बसाधरण दिनप्रतिदिन प्रताडीत एव बिस्थापित भईरहेका छन्, यो प्रक्रिया बर्षौबाट चलिरहेको छ ।
यहि कारण जनता अभाव, गरिबी, बेरोजगारी, महङ्गी र शोषणको शिकार भईरहने र एकाध नेपाली तथा बिदेशी दलालपुँजीपतिहरु करछली गरी, घुसखोरी, अबैध कारोबार, अनियमितता र भ्रष्ट्राचार रातारात अर्बौं खर्बौको मालिक बन्दैं जाने क्रम चलिरहेको छ । बिदेशी बहुराष्ट्रिय कम्पनि एनसेल प्रकरण लगाएतका घटनाहरु पनि त्यहि प्रक्रियाका केही हिस्साहरु मात्र हुन् ।
देश र जनता लुट्ने यो कार्यमा तत्कालिन परिस्थिती र घटनाक्रममा कोही पक्ष बिपक्षमा जस्तो देखिएपनि सारमा सबै लिेर लुटिखाने अपराध सस्ँथागत भईरहेको नै छ । यँहा सत्तापक्ष, प्रतिपक्ष, सरकार, संसद, अदालत सबै आ आफ्ना लुटिखाने भुमिकामा नै केन्द्रित देखिन्छन् । बेला बेला यीनीहरुले एक आपसमा झगडा गरेको र एउटाको बिरुद्ध अर्को आन्दोलनमै उत्रिएको देखिएपनि त्यो सबै देखावटी, भागबण्डा मिलाउन बार्गेनिङ्ग पावर बढाउने नाटक शिवाय केही पनि होईन । देशका पछिल्ला कर, अनियमितता र भ्रष्टा«चार सम्बन्धी केही घटनाको सुक्ष्म अध्ययन गरौं त् प्रष्ट बुझिन्छ ।
सर्वोच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल सम्बन्धमा गरेको पछिल्लो निर्णय र त्यसपछी यता सरकार, दल, संसद सबलाई हेरौ त् किन नतमस्तक छन् की सबको मुखमा एनसेलले करोडौको बुझो लगाईदिएको छ, त्यसैले तै चुप मै चुपको स्थितीमा छन् राज्य संयन्त्र, दल र जनप्रतिनीधीका नाममा जनताका भोट खाएर गएका दलालहरु । नेपाल टेलिकमको पोरजी बिस्तारमा भएको ११ अर्ब, बिनोद चौधरीलगाएतलाई दिएको कर छुट काण्ड, लोकमान काण्ड, चुणमणी काण्ड, बाईडबडी काण्ड यी र यस्ता दर्जनौं काण्ड जस्ले देश र जनतालाई कंगाल बनाउन उद्यत छन् ।
एनसेल र एक्जिएटा कम्पनीले गोलमालयुक्त हिसाब अनुसार मात्र सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । तर तिरेको छैन, नेपालको कानुनको खिल्ली उडाउदै कर तिर्दीन भन्छ, तर राज्य संयन्त्र, दल, सरकार संसद, बिग मिडीया सब चुप छन आखिर किन ? एनसेलले नेपालमा स्थापनाको १५ वर्षमा ५७ अर्ब ७२ करोड ८० लाख रुपैयाँ पुँजी पु¥याएर पटक पटक कारोबार गर्दै आएको छ । तर, दश करोड रुपैयाँ पुँजी लगानी गरेर सुरु गरेको कम्पनीले १५ वर्षमा ५७ अर्ब रुपैयाँको मूल्य र्पुयाउँदा पनि उसले पुँजीगत लाभकर बापतको कर भने तिर्न अटेरी गर्दै आएको छ, तर किन कोही एक्शनमा जान डराउछन् ? किन एनसेलकै दलाली गरिरहेका छन् राज्यका तिनै अङ्ग ? किन बोल्दैनन् बिग मिडीया ? किन महाअभियोग लगाउन सक्दैनन् दल र संसदमा रहेका नपुशकहरु ।
के आजको आधुनिक युगमा पनि ऐन कानुन निर्बलियामाथी मात्र शासन गर्ने औजार हो ? के आम सर्बसाधरण जनताको खुन पसिनामाथी बिदेशी कम्पनिहरुलाई खुलेआम लुटाउने हो ? किन कहिलेसम्म ? जनताले एकदिन पक्कै हिसाब माग्नेछन् बिचार गर्नुहोस महाशय ज्यूहरु । यस्तो अत्यचारमा एकशब्द नबोली बस्नुपनि हामी आम नेपालीको मुख्य कम्जोरी हो । अपराध गर्नेहरु त् यसै अपराधी हुन् नै तर अपराध सहनु पनि अपराधीलाई प्रोत्साहन र अपराध कर्ममा हिस्सेदारी बन्नु हो । अत् आ आफ्नो ठाउँबाट केही बोलौं, केही लेखौं, आफु बुझौं र एक अर्कालाई बुझाउदैं राष्ट्रबादी दिगो बिकास अभियानमा एक पाईला अघि बढाउन प्रयत्न अर्थात कोशिस गरौं । पक्कै एकदिन अवस्था बदलिने छ । र अन्तिममा फेरी एक्पटक भन्न मन लाग्यो, महाशय ज्यूहरु, के यहि हो राज्यको कर निती ? भण्डाफोर अभियानबाट