राकिएन अझैं ठोरी नाकाबाट तस्करी

चितवन । चितवनको दक्षिणी सिमा पर्साको ठोरी छोटी भन्सारबाट मिलेमतोमा निरन्तर तस्करी भईरहेको छ । त्यस नाकाबाट दैनिक रुपमा ब्यापक मात्रमा प्रहरीहरुसँगको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरी हाकिम सँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान पर्साको निर्मलबस्ती, सुर्बणपुर हुँदै बिरगञ्ज, बाराको सिमारा, चितवनको माडी हुँदै नारायणगढ, पोखरा र राजधानी काठमाण्डौंसम्म लैजाने गरेका हुन् । उक्त नाकाबाट तस्करहरुले दैनिक तस्करी गर्ने गरेको भएपनि प्रहरी प्रशासन किन बेखबर र मुकदर्शक बसिरहेको छ त् ? एक स्थानियले भने । तस्करहरुले तस्करीका सामानहरु ठोरी हुँदै नारायाणगढ र अन्यत्र चल्ने बस साथै अन्य निजी सवारी साधनको बिभिन्न भागमा लुकाएर राखी राष्ट्रिय निकुञ्ज कटाउने गरेको खुलेको छ । भण्डाफोरलाई प्राप्त एक बिश्वस्त शुत्रले दिएको सुचना अनुसार चितवन नारायणगढका एक दर्जज ब्यापारीले सो नाकाबाट तस्करी गरे बापत ठोरीको प्रहरीलाई महिनावारी रुपमा रकम बुझाउने गरेको समेत खुल्नमा आएको छ । यसरी तस्करी गर्नेहरुमा मिलनराड र कमलनगरका केही कपडा पसलेहरु रहेका छन् । नारायणगढको श्रीकृष्ण सेल्स, सानु कपडा पसल, रामकुमार गुप्ता कपडा पसल लगाएतका नारायणगढका होलसेल ठुला पसलहरुले तस्करी गर्ने गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार नारायणगढको कमलनगरमा रहेका आदा दर्जन कपडा पसलले सोही नाकाबाट तस्करी गर्ने गरेको रामकुमार गुप्ताले बिरंगञ्ज र कमलनगर काँग्रेस कार्यालय सँगैरहेको श्रीकृष्ण सेल्स कपडा पसलले सुनौलीबाट तस्करी गर्ने गरेको श्रोतको दाबी छ । तस्करहरुले कपडा,चिनी, दाल, तेल, लगाएतका खाधान्न र रंग, हार्डवेयरका सामान, मोबाईल तथा ईलेक्ट्रीक सामानहरु तस्करी गर्ने गरेका छन् । भण्डाफोर अभियानबाट