३ दिन मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना : मौसमविद

काठमाडौं,बैशाख ३१/राजधानी काठमाडौंसहित देशभरको अहिलेको मौसम सफा रहेपनि दिउँसो केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देखि नै देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । यो क्रम पर्सी २ गेसम्म रहने महाशाखाले जनाएको छ ।