सरकारी अनुगमन मौषमी र बदनियतपूर्ण

नेपालका प्राय सरकारी निकायहरुद्धारा गरिने अनुगमन मौषमी र बदनियतपूर्ण हुने गरेको ब्यवसायीहरुले बताएका छन् । आईतबार साँझ नारायणगढमा आयोजित एक कार्यक्रममा सहभागि नारायणगढका ब्यवसायी तथा कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । ५१ औ अधिवेशनबाट निर्वाचित उ.वा.संघ चितवनका पदाधिकारीलाई स्वागत तथा सम्मानमा फेन्सी ब्यवसायी संघ तथा फेन्सी साकोसद्धारा आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले कर तथा प्रशासनको अनुगमन मौषमी र बदनियतपूर्ण भएकोले ब्यवसायीहरु पिडित बन्नु परेको बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका उद्योग बाणिज्य संघ चितवनका नव निर्वाचित अध्यक्ष सहनलाल प्रधानले कर तथा प्रशासनको अनुगमनले ब्यवसायीहरु प्रताडित बन्नु परेको बताए । कार्यक्रममा बोल्दै उनले भने अनुगमनको नाममा कर प्रशासनले ब्यवसायीहरुलाई विस्थापित गराउने कार्यशैली अपनाएकोले त्यसमा सुधार ल्याउनु पर्ने देखिन्छ । उनले अगाडी थपे । सरकारी निकायलाई हामीले अनुगमन नगर भन्न सकिदैन । मिल्दैन तर अनुमगनको नाममा ब्यवसायीलाई दुःख दिने कार्य रोक्न आफु लागिपर्ने बताए । उनले ब्यवसायीहरुको साथमा निरन्तर लागीपर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै फेन्सी ब्यवसायी संघका निर्वतमान अध्यक्ष हेमराज पौडेलले आफुले स्थापना गरेको घरबहाल उपभोक्ता मञ्चले व्यबसायीहरुको हकहितमा काम गरेको बताए । ब्यवसायीहरुको हितको लागि बर्तमान कार्य समिति सफल हुनेमा पौडेलले जोड दिए । कार्यक्रममा बोल्दै फेन्सी ब्यवसायी संघ चितवनका अध्यक्ष बालकृष्ण कडेलले चुनाव अघि पक्ष विपक्ष भएपनि अब सम्पूर्ण ब्यवसायीको एउटै संस्था उद्योग वाणिज्य संघ रहेकोले वर्तमान कार्य समितिलाई सघाउन सबै लाग्नु पर्ने सुझाए । उ.वा.सं. नव निर्वाचित सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको सो कार्यक्रममा अध्यक्ष फेन्सी ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष ले फुटपाथ ब्यवसाय नियन्त्रण, कर तथा प्रशासनको अनुमगनको नाममा हुने ज्यादती र गाँउबाट आउने यात्रु बाहक सवारीहरु नारायणगढ सम्म ल्याउने बातावरण नबनाएमा नारायणगढका ब्यवसायीहरु विस्थापित हुने खतरा रहेको औल्याए । कार्यक्रममा फेन्सी ब्यवसायी संघका पूर्व अध्यक्ष फेन्सी साकोसका अध्यक्ष लगायतले प्रशासन तथा कर कार्यलयको कार्य शैलीको विरोध गर्नुका साथै ब्यवसायीहरु एकतामा जोड दिएका थिए कार्यक्रम संघका सचिव विकाश श्रेष्ठले संचालन गरेका थिए ।