| 
  • अपराध/दुर्घटना

    अध्यापन अनुमतिपत्रको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

    काठमाण्डौ/शिक्षक सेवा आयोगबाट यहि साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । सोही कारण…

    Read More
  • अपराध/दुर्घटना

    रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते

    रुपन्देही/रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएक छन् । रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका हुन् । । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज ९ढावा पसल०बाट पैसा लुटेर भागेका छन्…

    Read More
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

    रुकुम/अरिङ्गालको टोकाइबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको मृत्यु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो। सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत हुनुहुन्थ्यो । साथीहरूसँग सल्यानको…

    Read More
  • अपराध/दुर्घटना

    इजरायल र पीआईजे बीच दोस्रो दिन पनि गोली हानाहान

    काठमाण्डौं/रासस/इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा वन मौरीले टोक्दा एक जनाको मृत्यु

    दाङ/दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी ३५ वर्षिय खीमबहादुर कुमालको वन मौरीले टोकेर मृत्यु भएको छ । शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को महको लागि चाका काट्न गएका थिए । सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    दुई किलो गाँजासहित दुई जना पक्राउ

    बारा/प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुर तामागढी सडक खण्डबाट दुई जनालाई अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग…

    Read More
  • अपराध/दुर्घटना

    पर्यटक बोकेको बस दुर्घटना हुँदा क्रोएशियामा १२ जनाको मृत्यु

    एजेन्सी/पर्यटक बोकेको बस दुर्घटना हुँदा क्रोएशियामा १२ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ । घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु…

    Read More
  • अपराध/दुर्घटना

    टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाण्डौं/गएराति काठमाण्डौको कोटेश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक…

    Read More
  • अपराध/दुर्घटना

    सुनको औंठी र मोबाइलसहित २ जना पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन र मोबाइलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका(३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार पक्राउ गरेको हो…

    Read More
  • अपराध/दुर्घटना

    सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

    सप्तरी/रासस/सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती…

    Read More