| 
  • यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा छलफल भइरहेकाले सम्भवत आजभोलिमै सहमति भएर बैठक…

    Read More
  • गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

    गुल्मी/मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिनुभयो । गाउँपालिकाले अग्लुङ््का ३० गाईपालक किसानलाई जनही रु दुई हजार ५०० का दरले उक्त प्रसूति स्याहार भत्ता उपलब्ध गराएको हो । पछिल्लो समयमा बसाइँसराइका…

    Read More
  • हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

    झापा/कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो । हात्तीबाट अन्नबाली जोगाउन खनाल आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरबार गर्नुभएको र आज बिहान बाख्रा चराउन जाँदा करेन्ट…

    Read More
  • कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

    जनकपुरधाम/६२८औँ कवीर प्रकट अर्थात सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताउनुभयो । मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा…

    Read More
  • विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

    स्याङ्जा/यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन् । दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव सँगालेका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका हुन् । स्वदेश…

    Read More
  • आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

    काठमाडौँ/आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको छ । नागरिकताका सम्बन्धमा अदालतबाट जारी भएका आदेशसहितका विषय सम्बोधन गर्न ल्याइएको विधेयकमा आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गरिने व्यवस्था राखेर पारित भएको हो । समिति बैठकले मंगलबार नेपाल नागरिकता ऐन २०६३ लाई…

    Read More
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको…

    Read More
  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    तनहुँ/उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा…

    Read More
  • स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    काठमाडौं/हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

    Read More
  • नेपाल लाओसको हातबाट स्तब्ध

    काठमाडौँ/नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार लाओसको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । राजधानी भिएनटानको लाओ स्टेडियममा भएको खेलमा पाहुना टिम नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा…

    Read More