Breaking News

कोलम्बिया भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १११ पुग्यो, दर्जनौं घाइते

एजेन्सी/पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ११ जना पुगेको छ। स्थानीय अधिकारीहरूले भूकम्पमा परी दर्जनौं घाइते भएको बताएका हुन् । अमेरिकी भूगर्भ सर्वेक्षणले ७ दशमलव ४ म्याग्निच्यूडको उक्त भूकम्प सोमबार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को गहिराइमा गएको थियो।

भूकम्पको धक्का देशैभरी र छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर तथा पानामामा समेत महशुस गरिएको थियो ।अधिकारीहरूले भूकम्पका कारण भवनहरू भत्किनुका साथै भग्नावशेषमा पुरिएका वा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको बताउका छन्।