Breaking News

रवि लामिछानेले मलाई गुन तिर्नु छः प्रचण्ड

काठमाण्डौँ/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए।

‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन’ प्रचण्डले भने,’उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।’

प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताए। ‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छु, प्रचण्डले हाँस्दै भने,’फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।’