Breaking News

एमाले र नेकपाको भागबण्डाः एमालेले बागमतीसहित तीन प्रदेशको नेतृत्व गर्ने

काठमाडौँ/पछिल्लो समय प्रदेश सरकारमा मतभेद सृजना भएपछि सरकार बनाउन नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहमती गरेका छन् । प्रदेश सरकारमा सहकार्य गर्ने गरि दुई दलबीच तीन बुँदे सहमती भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको लिखित सहमति अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेछ ।

बागमतीसहित कोशी र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ । मधेश र गण्डकी प्रदेशको हकमा अन्य दलसंग थप छलफल गर्ने सहमती गरेका छन् ।