चितवनमा शिक्षा मन्त्री पोखरेललाई विद्यार्थीले देखाए कालो झण्डा र कालो बेलुन
चितवन/चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । केही दिनदेखि चितवनमा रहेका रहेका मन्त्री पोखरेल काठमाडौं फर्किन विमानस्थल जानेक्रममा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।
चितवनका संयुक्त विद्यार्थी संगठनहरुले भरतपुर विमानस्थल गेट अगाडि प्ले कार्ड बोकेर मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्नुको साथै कालो झण्डा र कालो बेलुन उडाएका थिए । अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुशिल कार्की अब्दुलले सरकारले सामुदायिक विद्यालयमा सुधारको काम गर्नुको साटो निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई ३ प्रतिशत कर लगाएकाले बिरोध स्वरुप मन्त्रीलाई कालो झण्डा देखाइएको बताए ।
उनीहरुले शिक्षामा लगाएको खर खारेज गर, विद्यार्थी संगठन माथिको प्रतिबन्ध मुर्दाबाद, शिक्षा सबैको पहुँचमा पु¥याउँ, शिक्षा हाम्रो अधिकार हो, व्यापार होइनलगायतका नारा लगाएका थिए ।





