रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु
रौतहट/रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दुर्गा भगवती गाउँपालिका(१, पिपराटोल बस्ने गौरीशङ्कर साह कलवारका ५ वर्षीय छोरा कृष साह कलवारको ज्यान गएको हो ।
घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६स्०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक ९प्र।ना।नि।० को नेतृत्व मा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा पु¥याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ः०० बजे बालकलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । गर्मी बढ्दै जाँदा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।न्यूज बैक

