सागर लम्साल प्रकरणमा गायिका एलिना चौहानले फेसबुकमा के लेखिन ?
काठमाडौँ/कलाकार सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको विषयमा गायिका एलिना चौहान बोलेकी छिन् । गायिका चौहानले ‘बले’ विरुद्ध लागेको बलात्कारको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै मुख खोलेकी हुन् ।
उनले सामाजिक संजालमा लेखेकी छन्, ‘कृपया सबैले सुरुमा आरोप लागेको नाम स्पष्ट हेर्नुहोस् । सत्य के हो छानबिनबाट बाहिर आओस् । दोषी भए कडा कारबाही होस्, निर्दोष भए न्याय पाओस् ।’
यस्तै उनले अर्को स्टाटसमा बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिने बताएकी छन् ।’कसैले आफ्नो पीडा सुनाइरहेको छ भने सुन, सुन्न सक्दैनौ भने चुप लागेर बस। तर आफ्नो बलात्कारी सोच कमेन्टमा नबर्साऊ। घरेलु हिंसा र बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिन्छ।’
उनले अगाडि लेखेकी छन्, ‘तिमीहरूकै सोचका कारण धेरैले बोल्ने हिम्मत गर्न सक्दैनन् र बोले पनि पछि पछुताउन बाध्य हुन्छन्। पीडितलाई दोष दिने सोच कहिले हट्ने ?’

