चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु
चितवन/चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामै पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो ।
दुई बालकलाइ उद्दार गरी भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारीले दिए ।
दुवै जना विधार्थी परीक्षा दिन बिहान स्कुल पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।
दिउँसो २ बजेको समयमा विपद व्यवस्थापनको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पुर्याएको थियो ।

