वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी ।
काठमाडौँ/वसन्त ऋतुसँगै अहिले काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन् ।उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले शहरमा थप सुन्दरता थपिएको छ।
पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो ।चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् ।
जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलले अहिले काठमाडौं शहरको सुन्दरता बढाउने काम गरिरहेको छ ।

