सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौंं/नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भएको छ ।

यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार ५८५ रुपैयाँमा किनबेच भएको भएको थियो ।