चितवनबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार टुंगो लाग्यो ।
चितवन/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार टुंगो लगाएको छ।
१८ भन्दा बढी दलहरू एकतापछि बनेको नेकपाले सोमबारसम्म पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको हो। चितवन निर्वाचन क्षेत्र नम्बर १मा डा कृष्ण पन्तलाई उठाएको छ । उनी यसअघि नेकपा समाजवादीको चितवन जिल्ला अध्यक्ष रहेका थिए । यस्तै चितवन क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिकाका प्रताव गुरुङलाई उठाउने निर्णय गरेको छ ।
उनी यसअघि इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङसँग पराजित भएका थिए । यता चितवन क्षेत्र नम्बर ३मा भरतपुर महानगरपालिकाकी रेनु दाहाललाई उठाउने भएको छ । संविधान सभा सदस्य र भरतपुर महानगरपालिकाको दुई कार्याकाल विताएकी दाहालले भोलि राजिनामा दिनेछिन् । नेकपाले चितवनमा भोलि १ बजे उम्मेदवारी तयारी गर्ने तयारी गरेको छ ।


