रत्ननगर महोत्सव एक दिन थप : ७ गते समापन
रत्ननगर/पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सव एक दिन थप गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ सुरु भएर माघ ६ गते समापन गर्ने गरी महोत्सव सुरु भएको थियो ।
महोत्सवप्रति जनआर्कषण बढेपछि माघ ७ गते एक दिनका लागि महोत्सव थप गरिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुयो । माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले समापनमा अतिथिहरुको आगमनलाई मध्यनजर गरी महोत्सव एक दिनका लागि थप गरिएको अध्यक्ष गिरीले बताए ।
समग्र चितवनको गौरब र गरिमामय प्रस्तुतीको रुपमा रहेको महोत्सव ४ लाखले अबलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । महोत्सवको ११औं दिन ५५ हजारले महोत्सव अबलोकन गरेका छन् ।


