चितवनमा रविसँग भिड्न अधिकारकर्मी मिना खरेल ।

चितवन/नेपाली कांग्रेस चितवनले निर्वाचन क्षेत्र नम्बर २बाट महिला अधिकारकर्मी मीना खरेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार पार्टीको क्षेत्रीय समितिले खरेललाई जिल्ला पार्टीले सर्वसम्बत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राजनीतिक, सामाजिक एवं अधिकारकर्मी खरेलको नाम लगभग निश्चित भएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलले पनि जानकारी दिनुभयो । ‘चितवन २ मा उहाँको उम्मेदवारी लगभग निश्चित हो,’ उनले भने ‘केन्द्रीय संसदीय बोर्डले निर्णय गर्न बाँकी छ ।’

चितवन २ रास्वपा सभापति रवि लामिछानेको क्षेत्र समेत हो । यहाँ नेकपा एमालेले युवा अस्मिन घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।