मेयर बालेनले आज राजीनामा नदिने

काठमाडौँ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ४) पदबाट राजीनामा नदिने भएका छन् । शाहका एक सल्लाहकारका अनुसार मेयरले आज पदबाट राजीनामा नदिने भएका हुन् ।

उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ । बालेनले राजीनामा नदिएरै घण्टीघर जाने तयारी गरेको पनि ती सल्लाहकारले बताए ।