नेकपा (माओवादी) का नौ उम्मेदवार चितवनबाट केन्द्रीय कार्यालयमा सिफारिस
चितवन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चितवनका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेद्वारहरूको नाम सार्वजनिक गरेको छ। पार्टी जिल्ला इन्चार्ज उत्सव सी र सेक्रेटरी रूद्र सीले बुधबार संयुक्त पत्रमार्फत प्रत्येक क्षेत्रबाट तीन–तीन जनाका दरले नौजनाको नाम कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरेका हुन्।
क्षेत्र नं. १: अनिल शर्मा बिरही, लालसिंह थिङ (उत्सव), गणेशबहादुर श्रेष्ठ
क्षेत्र नं. २: दर्शनाकुमारी शाही (सिसम), कृष्णबहादुर परियार, राजेन्द्रप्रसाद ढकाल
क्षेत्र नं. ३: राजुप्रसाद पौडेल (सन्देश), इश्वर पाण्डे (अटल), डा. आशिकप्रसाद
पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी राख्दै आगामी निर्वाचनमा बलियो प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको जनाएको छ।


