चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप
चितवन/राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले चितवनका युवा व्यवसायी निर्देश सेढाईलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनलाई पक्राउ गरेको हो । केही दिनअघि अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएको भन्दै गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो।
‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि पुस ३० गते १२ बजे बालुवाटार। निर्देश सेढाईं,’ भनिएको उल्लेख थियो। टेलिकमले मंगलबार विज्ञप्ति नै जारी गरी व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको थियो।
‘सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ। आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।


