चौथो गैँडाकोट महोत्सवमा आज प्रिती आले आउँदै

गैँडाकोट/नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज बुधबार चर्चित कलाकार प्रिती आलेसहितका कलाकारले प्रस्तुती दिने भएक छन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संयोजक किशोर लम्सालकाअनुसार महोत्सवमा प्रिती आलेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । त्यस्तै, आलेले गीतसँगै बेली डान्ससमेत गर्ने लम्सालले बताए । उनकाअनुसार महोत्सवमा आलेले प्रत्यक्ष दोहोरी गीतसमेत गाउनेछिन् ।

त्यसैगरी, आज बुधबारनै अन्य कलाकारहरु वृन्दा परियार, शंकर क्षेत्री, निलम ढुंगाना, दिपेन थापाको समेत प्रस्तुती रहने लम्सालले बताए । आजको कार्यक्रम सञ्चालन दीपक खड्काले गर्ने लम्सालले जानकारी दिए ।

को आज मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा आज साँझ दर्शकको अत्यधिक भीड रहेको थियो ।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडकोटका वरिष्ठ सदस्य एवम् महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवमा जलपरी, ओपेरा हाउस, मुस्ताङको चौरीले समेत दर्शकहरुको आकर्षण थपेको छ । त्यसैगरी, महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको भजन प्रतियोगिता आज पनि जारी रहने सापकोटाले जानकारी दिए ।

स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने महोत्सव मूल समिति संयोजक छवि कँडेलले जानकारी दिए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको कँडेलको भनाइ छ ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको जानकारी दिए । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको