उवासंघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढ्यो, अध्यक्षमा सुवेदी र पन्तको प्रतिस्पर्धा । कस्ले मार्ला बाजी !
भरतपुर/चितवन उद्योग वाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढेको छ । निर्वाचनमा २५ पदका लागि ४१ जनाको उमेद्वारी परेको छ । आगामी पुस २१ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका शिरिष पन्तले अध्यक्षमा उम्मेद्वारी दिएका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोक बहादुर रानाभाटको उम्मेद्वारी परेको छ । उद्योग तर्फको उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल, वाणिज्य तर्फको उपाध्यक्षमा गुणराज पौडेल र नारायण प्रधानको उम्मेद्वारी परेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा भने तीन जनाले मनोनयन दर्ता गराएका छन् । जसमा राजन पिया, लिलबहादुर क्षेत्री र शंकर अधिकारी छन् ।
कार्यसमिति सदस्यको महिला तर्फ बिन्जु राज कर्णिकार श्रेष्ठ र सुनिता लिगल कर्मचार्य बिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै कर्पोरेट र क्षेत्रिय संघ तर्फका तीन जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । कर्पोरेट तर्फ अशोक लामिछाने र अमित कौडाल, क्षेत्रीय संघबाट रेशम आचार्य ९तुलसी०को मात्र नाम दर्ता भएको थियो ।
उद्योग तर्फको कार्यसमिति सदस्यमा आठ जनाको उम्मेद्वारी परेको छ । जसमा अनिल अधिकारी, अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, कृष्णकुमार महतो, शंकर अधिकारी, सन्तोष देवकोटा र हेमराज सिग्देल९हरी० रहेका छन् । उत्ता वाणिज्य तर्फको कार्यसमिति सदस्यमा अस्मिता तिमल्सिना, गौरव श्रेष्ठ, बिष्णु लम्साल, दिपक काफ्ले, नरेश खनाल, नवराज कंडेल, प्रविन आचार्य, मुकुन्द प्रसाद गौतम, राजेन्द्र चापागाई र श्रीकृष्ण लम्सालको उम्मेद्वारी परेको छ । वस्तुगत तर्फको कार्यसमिति सदस्यमा आरती गोपाल मुर्ति, साह, कमल प्रसाद उपाध्याय, नवराज सुवेदी, निर्मल पौडेल, बुद्धिसागर कँडेल, लोकनाथ भट्ट९कृष्ण० र सुरेश गुप्ता चयन भएका छन् ।
संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । जसअन्तर्गत ५ जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एसोसिएटतर्फ २ जना तथा क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन् । साथै ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनीत हुनेछन् । निर्वाचन नजिकीएसँगै अध्यक्षका उमेद्धवारहरु आ आफ्नो पनल नै बनाएर ब्बसायीको घर दैलोमा भेटघाटलाई तिब्र बनाउने कार्य बढीरहेको छ । यसपटकको निर्वाचनमा कस्ले बाजी मार्ने हो सै भन्न सकिने अवस्था नरहेको स्वंय ब्यबसायीहरु बताँउछन् ।


