Breaking News

सकियो एमालेको मतदानः ९८.४ प्रतिशत मत खस्यो

काठमाडौं/नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान सकिएको हो ।मतदानमा ९८.४ प्रतिशत मत खसेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । महाधिवेशनमा इलेक्ट्रिक मतदान भएको हो ।

भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।