एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङको निर्णय गर्दै लुम्बिनीलाई फिल्डिङको निम्तो दिएका हुन् ।

