Breaking News

ईनरव्हिल क्लब अफ भरतपुरको समन्वयमा सरकारी अस्पतालमा धारा जडान।

सुर्य बराल/चितवन/ईनरव्हिल  क्लब अफ भरतपुरको समन्वयमा भरतपूर अस्पतालको कम्पाउन्ड भित्र शुद्ध पिउने पानीको धारा निर्माण गरिएको छ । स्वर्गीय दाजु अरुणबाबु पाण्डे र स्वर्गीय दाजु राजेन्द्र बाबु पाण्डेको पुण्य स्मृतिमा भाइ बैनीहरू इनर व्हील क्लब अफ भरतपुरको आई एस ओ अन्जु पाण्डे लामिछाने, प्रतिभा गौतम भाइ दिपेश घिमिरे, दिपन घिमिरे, विशाल गौतमको सहयोगमा शुद्ध पिउने पानीको धारा निर्माण गरी एक कार्यक्रमका विच अस्पताललाई हस्तारन्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष माया निउरेको अध्यक्षता एवं भरतपुर अस्पतालका मे सु कृष्णप्रसाद पौडेलको प्रमूख आथित्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रम मा बुवा हेमराज पाण्डे विशेष अतिथि, डिस्ट्रिक्ट ३५० का सेक्रेटरी बिनिता भट्टराई, ईनर व्हिल क्लब भरतपुरका डिस्ट्रीक ३५० का एडिटरका पूर्व अध्यक्ष विमला अर्याल अधिकारी, कार्यक्रमका संयोजक पूर्व अध्यक्ष गंगा सापकोटाको संयोजकत्व र आमा मिना कुमारी पाण्डे, भाउजु मन्जु पाण्डे, पूर्व अध्यक्षहरू, बोर्डका पदाधिकारीहरू र सम्पूर्ण प्रिय साथीहरूको उपस्थितिमा उक्त धाराको उद्घाटन गरी अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

सस्थाको नियमित सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको ईनरव्हिल क्लब भरतपुरकी अध्यक्ष माया न्युरेले बताउनुभयो।