बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)/बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उहाँका नाति २० वर्षीय महेश साउद घाइते हुनुभएको छ । दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ । रासस