नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा सात घाइते

चितवन/नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात सवारीसाधन एकअर्कासँग ठोक्किएका छन्। बिहान ७ः१५ बजे सवारीसाधन एकअर्कासँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घटनामा घाइते भएका सात जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।