Breaking News

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो २७ वर्षको जेल सजाय

ब्रासिलिया/२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको यो सम्भावित फैसलासँगै, बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन् । अभियोजकहरूले उनले गरेको अहिलेसम्मको सबैभन्दा जघन्य कार्यलाई अवज्ञाको रूपमा वर्णन गरेका छन् । उनी अब २७ वर्ष जेलमा बस्नुपर्नेछ । यो फैसला ४-१ ले पारित भएको थियो । बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ ।