पोखरामा आन्दोलनकारीले जलाएको घरको गाडी सोरुममा भेटियो शव

काठमाडौं/पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको आन्दोलनकारीले जलाएको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।