सरकारले ४२४ वटा सार्वजनिक चार्जिङ स्टेसन बनाउँदै

काठमाडौं/विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै चार्जिङमा देखिएको समस्या समाधानका लागि सरकारले मुलुकभरि ४२४ वटा सार्वजनिक चार्जिङ स्टेसन (पब्लिक चार्जिङ इन्फ्रास्ट्रक्चर, पिसिआई) निर्माण गर्न लागेको छ । त्यसका लागि गुरुयोजनासमेत निर्माण भइसकेको छ । मुलुकका ८० वटा राजमार्गमा ती चार्जिङ स्टेसन निर्माण गर्ने गुरुयोजना निर्माण गरिएको हो । जल तथा ऊर्जा आयोगको सचिवालयले गुरुयोजना निर्माण गरेको हो ।

गत आर्थिक वर्ष ९२०८१/८२० को अन्त्यसम्म मुलुकभरि विद्युतीय सवारीसाधनको कुल सङ्ख्या करिब १२ हजार र चार्जिङ स्टेसन ७५० वटा सञ्चालनमा छन् । प्रस्तावित चार्जिङ स्टेसनहरूको सञ्चालनले एक हजार ८७३ किलो टन कार्बन उत्सर्जन (इमिसन) घट्ने गुरुयोजनामा उल्लेख छ । त्यसै गरी अहिले (सन् २०२५) ४२७ मेगावाट आवर खपत हुने विद्युत् सन् २०३५ सम्म आठ हजार मेगावाट आवरसम्म खपत हुने आकलन गरिएको छ । सन् २०३५ सम्म सवारीसाधनमा विद्युतीय सवारीसाधनको हिस्सा ९५ प्रतिशत र सन् २०४५ सम्म शत्प्रतिशत पु¥याइने लक्ष्य लिइएको छ। गोरखापत्रमा खबर छ।