माओवादीद्वारा सरकारको आलोचना

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । रासस