हामी निरन्तर खबरदारी गर्ने छौं।

हामीले भण्डाफोर अभियान सञ्चालन गरेको पनि १६ बर्ष भईसकेको छ । पत्रिका एउटा युवा उमेरमा पुगीसकेको छ । यो बिचमा हामीले धेरै नैं संघर्ष गर्नु परेको छ । समाचार मात्र होईन बिचार, कला, साहित्य र राजनितीक खुराक पस्किने हाम्रो जमर्को कति सफल या असफल भयो ? त्यस्को मूल्याकंन गर्न हामी हाम्रा पाठक महानुभाव ज्यूहरुलाई नै छाडेका छौं ।
समाचार भित्र पनि खोजी समाचार मूख्यतः समाजको तल्लो तहमा दिनरात मेहनेत गर्ने मेहनेतकस बर्गको मुधा र अन्यायमा परेका निर्बलियाहरुलाई न्याय दिलाउने उध्येश्यले अभिप्रेरित भई खोजमुलक साथै समाजमा ब्याप्त बिकृती बिसंगति, बेथिती, कुरुती, घुसखोरी, अनिमितता र भ्रष्टचारको बिरुद्ध आवाज बुलन्दित पार्ने काम हाम्रो पहिलो प्राथमिक्तामा रह्यो । साथै समाजमा जरा गाडेर जुकाले झै रगत चुस्ने समाजका जुकारुपी मिटरब्याजीहरुका बिरुद्ध हामीले यस बिचमा राम्रैं धावा बोल्यौं ।
कयौं पिडीतहरुलाई न्याय दिलाउन अहम भुमिका निवार्ह गर्न सफल भयौं । यधपी जति गरेपनि समाजमा त्यस्ता जुकाहरु राज्य एवं प्रशासनका कम्जोरी र कानुनी छिद्रहरुबाट छिरी पिडामा रहेकाहरुलाई डस्ने र रगत चुस्ने कार्य भने अझैं रोकीएको छैंन् । मिटरब्याज सम्बन्धी कानुन बनिसकेको अवस्थामा पनि पहिल्यै ग्यारेन्टीका नाममा हस्ताक्षर गरी पिडीतहरुबाट लिईएका खाली चेकहरुमा रकम र मिती मनमर्जी भरी कानुनी छिद्रहरुबाट छिरी कानुन कार्यान्वयन गर्ने निकायमा रहेका जनताका लोभीपापी नोकरहरुलाई आर्थिक लगाएतका प्रलोभन र प्रभावमा पारी चरम शोषण एवं दमन कार्य थप बढीरहेको छ ।
आम सर्बसाधारणहरुलाई ठग्ने, लुट्ने र उनीहरुको सम्पत्ती हडप्न ठगहरुले अनेकौं हत्कण्डा अपनाईरहेका छन् । उनीहरुको ठगीधन्धाको जालोमा फसेका पिडीतहरुको उद्धार र उन्मुक्तिका निम्ती हामी निरन्तर लागीरहने नै छौं । राज्यको बिभिन्न शासक, प्रशासक या निकाय वा स्थानमा बसी पद र शक्तिको आडमा आम नागरिक सर्बसाधारणमाथी गरिने अन्याय, अत्याचार, शोषण, छलकपट र दमनको बिरुद्ध हामी अझै दृढतापुर्बक उभिने छौं ।
टेण्डर हालेर मालदार अड्डा, जिल्ला, पद, बर्दी वा शक्ति हत्याएका लोभी पापी र अर्धमीहरुको आडमा हुने अर्थात् भैरहेका भ्रष्टाचार, अनियमितता, घुसखोरी, लुटपाट र अपराधका बिरुद्ध हामी पेचिलो अकथनिय संघर्षमा लागीरहने नैं छौं । तस्करी र करछलीका बिरुद्ध हामीले निरन्तर खबरदारी गरिरहेकै छौं, गरिरहने छौं ।
हुन सक्छ, त्यस्को मूल्य हाम्रो भागमा अभाव, बदनामी, धम्की, मुधा मामिला, कोर्ट कचहरी, जेल, नेल, आक्रमण वा मृत्यु नै किन नलेखियोस् सहर्ष स्विकार गर्ने आँट र हिम्मत सहित हरेक दबाब र प्रभावबाट मुक्त भै निरन्तर आवाज बिहिनहरुको आवाज युगको आँखा बनेर लागीरहने छौं ।
१५ बर्ष पुरा गरी १६औं बर्षमा प्रबेश गरेको यस सुखद अवसरमा फेरीपनि हामी हाम्रो गर्बिलो ईतिहासलाई निरन्तरा दिदै अझै शसक्त जनपक्षिय पत्रकारितालाई अगांलीरहने छौ । जस्तोसुकै अभाव, प्रभाव वा दबाबमा नपरी जनताको सच्चा सिपाहीको रुपमा ईमान्दारीतापुर्बक हामी निरन्तर खबरदारी गर्ने छौं ।