ईनर ह्विल क्लव अफ भरतपुरको १५औं पद हस्तान्तरण ।
चितवन/श्रावण, ६/चितवनमा ईनर ह्विल क्लव अफ भरतपुरले आफ्नो १५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले भरतपुरमा एक भब्य कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो ।
डिष्ट्रिक ३५०का चियरमेन आई डब्लु कमला क्षेष्ठको उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममा क्लवकी निवर्तमान अध्यक्ष्य गीता सुवेदीले नवनिर्वाचित अध्यक्ष माया खराल निउरे नेतृत्वको कार्य समितिलाई पद पदहस्तान्तरण गर्नु भएकोे थियो ।
प्रमुख अतिथि समेत रहनु भएकी डिष्ट्रिक ३५०का चियरमेन क्षेष्ठले सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले ईनर ह्विल क्लव अफ भरतपुरको स्थापना लामो समय अगाडि भएको बताउनु भयो । साथै उहाँले जिल्लामा रहेका बिभिन्न क्लवहरु स्थापित गर्न ईनर ह्विल क्लव अफ भरतपुरको महन्वपुर्ण भुमिका रहेको भन्दै प्रसंसा गर्नुभयो ।
यस्तै निवर्तमान अध्यक्ष सुवेदीले पदहस्तान्तरण गदै आफ्नो कार्यकालमा भएका कमीकमजोरीहरुलाई नया कार्यसमितिले आगामी दिनमा सुधारेर लैजाने विश्वास लिनु भएको छ ।
यस्तै नवनिर्वाचित अध्यक्ष निउरेले पदभार ग्रहण गर्दा जिम्मेवार महसुस भएको बताउनु भयो । उहाँले आगामी दिनमा महिलाहरुको नेतृत्व गर्दे समाजिक कार्यलाई अझै शसक्तिकरण गर्दे लैजाने बताउनु भयो ।
नवनिर्वाचित निउरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईनर ह्विल डिष्ट्रिक ३५० का सेक्रेटरी बिनिता भट्टराई, ईनर ह्विल डिष्ट्रिक ३५० ईडिटर बिमला अधिकारी, सिटीका संस्थापक अध्यक्ष शोभा गौतम खड्गा, डिभाईनका संस्थापक अध्यक्ष सुनिता प्रधान पिया, ईनर ह्विल क्लव अफ नारायणीकी अध्यक्ष अन्जु शर्मा, ईनर ह्विल क्लव भरतपुर सिटीका अध्यक्ष मिना गुरुङ्ग, ईनर ह्विल क्लव भरतपुर डिभाईनका अध्यक्ष शर्मीला घले गुरुङ्ग लगायतको सहभागीता रहेको थियो ।
पूर्व अध्यक्ष मधु साहको संयोजन, अन्जाना चालिसे सुवेदीको धन्यबाद ज्ञापन तथा नितु भण्डारी सापकोटाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।