पौडी खेल्ने क्रममा डुबेर नवलपुरको हुप्सेकोटमा एक बालकको मृत्यु
मध्यविन्दु,(नवलपरासी)/नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उपचारका लागि अस्पताल ल्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका हुन् ।रासस