गैंडाकोटको फोहर कहिलेसम्म नारायणी नदीमा ?
गैंडाकोट/नारायणी नदीछेउमा अवस्थित गैंडाकोट नगरपालिकाले नगरक्षेत्रभित्र जम्मा भएका सम्पूर्ण फोहरहरु बिना प्रशोधन खुल्ला रुपमा बर्षौंबाट नारायणी नदीमा मिसाउने गरेको पाईएको छ ।
नारायणी नदी तटबन्दभित्र पर्ने बगरमा यो दुरावस्था देखिएको हो । गैंडाकोट नगरपालिका वार्ड नम्बर ७ बोटेगाँउ नजिकैको नारायणी बगरमा नगरको पुरै फोहर बिना प्रशोधन खुल्ला रुपमा फ्याकी माथीबाट हलका ग्रयाभल्सले पुर्ने काम भईरहेको देख्न सकिन्छ ।
नदीमा गैंडाकोट नगरपालिकाले नगरपालिका भरीको फोहर र मलमुत्रसहितको ढल समेत सिधै नारायणीमा मिसाईएको पाईएको हो । यो बिषयमा यस अघि नै हामीले समाचार प्रकाशन गरेका थियौं तर नगरपालिका टसको मस भएको छैंन् ।
नगरपालिकाले नैं गैर–जिम्बेवार भई नारायणीमा सिधै नगरपालिका भरीको फोहर मिसाउने कार्य गर्नु गैडाकोट नगरपालिकाको नेतृत्व गर्नेहरुको सोंच कतिसम्म गैंह्रजिम्बेवार र लापारबाहीपूर्ण छ भन्ने प्रष्ट भएको स्वयं नगर वासीहरुको बुझाई रहेको छ ।
यसैबिच हामीले गैडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन् सकेन । यस अघि सोध्दा उनले पत्रिकामा निकाल्नु न भन्दै दम्भ सहितको गैंह्रजिम्बेवार जवाफ फर्काएका थिए । नवलपुरको त्रिवेणी सुस्ता महेशपुर हुँदै भारतमा पुगेपछी गंगा नदीको नामले चिनिने यो नदी हिन्द महासागरमा गएर मिसिन्छ । यहाँ गरिएको फोहरको कारण महासागर समेत प्रदुषित भईरहेको छ ।
यसरी, गैडाकोट र नारायणी नदी आसपासका सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्नुपर्ने देखिन्छ । अन्यथा नेपालको मध्यभागमा पर्ने देशको पबित्र नारायणी नदी र आसपासको क्षेत्र प्रदुषित बन्ने र कालान्तारमा नदीमा पाईने बिभिन्न प्रजातिका हजारौ जलचर, थलचर जीवजन्तुहरु क्रमशः मासिदैं जाने देखिन्छ । बिना प्रशोधनका फोहर सिधै निरन्तर नदीमा डम्पीङ्गसाईट बनाउदा त्यसले मानिसलाई मात्र नभई नारायणी नदीमा आश्रीत माछा, भ्याकुता, गोही चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैडा, हरिण, मृग, बँदेल अजिङ्गर लगाएतका प्राणीहरुमा दीर्घकालिन असर पर्न सक्ने देखिन्छ् ।
नारायणी नदीको बिचको बगरमा बिना प्रशोधन यसरी फालिएको फोहरले नारायणी नदीको साथै चितवन राष्ट्रिय निकुञ्जबाट आई नारायणी नदीमा पानी पिउने जनावरहरुलाई धेरै असर परिरहेको हुनसक्छ । यस बिषयमा राष्ट्रिय निकुञ्ज प्रशासनले समेत सरी नदीमा फोहर फाल्न रोक लगाउनुपर्ने हो की ?