आजको मौसमः देशका धेरै ठाउँमा आज पानी पर्ने सम्भावना
काठमाडौं/हाल गण्डकीका केही, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकीका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेत भैरहेको छ । आज दिउँसो कोशी र मधेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।