भरतपुर महानगरद्धाराताराखोला गाँउपालिकासहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम
चितवन/मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।
पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ ।
भरतपुर महानगरपालिका प्रम्ुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गर्नुभयो ।
प्रस्तावहरु क्रमश ः कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
भगिनी सम्बन्ध कायम भएसँगै दुई पालिकाले गरेका असल अभ्यासको आदनप्रदानले थप रचनात्मक कार्य गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
भरतपुर महानगरले पोखरा महानगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, धुरकोट गाँउपालिका, रुरुक्षेत्र गाँउपालिका, राप्ती गाँउपालिका, पचाल झरना गाँउपालिका, माडी नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ताराखोला गाँउपालिका बागलुङबीच भगिनी सम्बन्ध कायम भएको छ ।
पछिल्लो समय भगिनी सम्बन्धको प्रस्तावसँगै विभिन्न पालिकाबाट अनुभव आदनप्रदान गर्न मासिक एक दर्जन पालिका भरतपुर आउने गरेका छन् ।
महानगरपालिकाले विगत ८ वर्षको अवधिमा एक हजार किमी सडक कलोपत्रे गरिसकेको छ । यस्तै प्राकृतिक वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशभरका महानगर मध्ये लगातार ३ वर्ष प्रथम भएपछि भरतपुरको चर्चा चुलिएको छ ।
भरतपुर महानगरपालिका बरुजु फर्छयौटमा देशको अब्बल पालिकाको रुपमा स्थापित छ । महानगरपालिकाले बरुजु रकम शुन्यमा राखेको छ ।