एमालेको युवा संघ राप्ती नगर कमिटीद्वारा मृगौला पीडितलाई सहयोग

चितवन/गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले मृगौला पीडितलाई सहयोग गरेको छ ।

संघले राप्ती नगरपालिका वडा नम्बर १० स्वामीटार स्थित विगत २ वर्षदेखि दुवै मृगौलामा समस्या भई डायलासिस गराइरहेका २४ वर्षीय सपना प्रजा चेपाङको निवासमा पुगि आर्थिक सहयोग गरेको राप्ती नगर कमिटीका कार्यवहाक अध्यक्ष मनिष पुनले जानकारी दिए ।

उनका अनुसार मृगौला रोगी सपना प्रजाका पिता मंगल प्रजाको उपस्थितिमा नगद २४ हजार २ सय रपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सचिव उत्तम सेढाईले राष्ट्रिय युवा संघ नेपाल राप्तीले केही हप्ता अगाडि राप्ती– ८ स्थित जनप्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रम र आज गणतन्त्र दिवसको अवसरमा मृगौला पीडितलाई गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै राप्तीमा युवा संघ जनतामुखी हुँदै अगाडि बढेको बताए । आगामी दिनहरुमा पनि यस्ता खाले सृजनशील र जनपक्षीय कामहरुलाई तीब्रता दिनु पर्नेमा उनले जोड दिए ।