गणतन्त्र दिवसको अवसरमा चितवनका सात वटै पालिकामा एमालेको दीप प्रज्वलन
चितवन/आज १८ औं गणतन्त्र दिवस अर्थात नेपालमा गणतन्त्र आएको १८ वर्ष भएको दिन । यही गणतन्त्र दिवसका अवसरमा चितवनका सात वटै पालिकामा नेकपा (एमाले) ले दीप प्रज्वलन गरेको छ ।
सम्बन्धित पालिका पार्टी कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार भरतपुर महानगर कमिटीले चौबिसकोठी, राप्ती नगर कमिटीले भण्डारा बजार, खैरहनी नगर कमिटीले पर्सा बजारको चौबिसकोठी चोक, रत्ननगर नगर कमिटीले सौराहा चोक, कालिका नगर कमिटीले क्लब चोक, माडी नगर कमिटीले बसन्तपुर र इच्छाकामना गाउँ कमिटीले मुग्लिङ्ग बजारमा दीप प्रज्वलन तथा कोण सभा गरेका हुन् ।