कस्को आडमा चलिरहकोे छ यो अबैध क्रसर उद्योग ?
फाईल फोटो:
चितवन/राजधानी काठमाण्डौं छिर्ने मुख्य मार्गस्थित भरतपुर महानगरपालिका वडा नं.–२९ भतेरीमा रहेको यो अबैध क्रसर उद्योग कस्को आडमा चलिरहेको छ भन्ने अहिले सबत्र चर्चाको बिषय बनिरहेको छ । स्थानियहरु किन क्रसर कहिल्यै बन्द हुँदैन भनि कहिले जिल्ला प्रशासन त् कहिले जिल्ला प्रहरी कार्यालय त् कहिले भरतपुर महानगर त् कहिले वडा कार्यालयमा प्रश्न सोध्न मात्र होईन धर्ना र अनसन नै बस्ने गरे । तर जवाफ दिने कोही भएनन् ।
भरतपुर २९ को भतेरी जंगल नजिकै जुगेडीपुलमा लामो समयदेखि इजाजतपत्र बेगर मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिद्धारा अवैद्य रूपमा सञ्चालित यो क्रसरलाई किन अबैध भईसकेको बर्षौं भईसक्दा पनि सञ्चालन गर्न दिईएको छ ? अबैध भईसकेको क्रसरलाई किन सञ्चालन दिईएको हो ? यस्लाई बन्द गर्ने दायीत्व को कस्को हो ? के यो उधोगको सञ्चालक कन्यैयालाल श्रेष्ठले सधैं पैसाको बलमा अबैंध भईसकेको क्रसर सञ्चालनमा ल्याउन सक्छन् ?
यस अघि २०७५ पौंषमा बन्द गराईएका भतेरीको मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिद्धारा अवैद्य रूपमा सञ्चालित यो क्रसरसगै त्रिशूली किनारको भोर्लेमा सञ्चालित महानगर बालुवा उद्योगलाई समेत बन्द गर्न महानगरले निर्देशन दिए पनि किन स्थायी रुपमा बन्द भएनन् । के कानुन बिपरित सञ्चालित यो क्रसरलाई जिल्ला प्रशासन कार्यालयले बन्द गराउन सक्दैन ? के जिल्ला प्रहरी कार्यालय कानुन कार्यान्वयन गर्ने निकाय होईन ?
अनि के कति कारण गैह्रकानुनी क्रसर बन्द गराउन नसकेको हो जनताको बिचमा सार्बजनिक सुनवाईमा यस्को जवाफ दिन सक्छन् जनताको लागी काम गर्ने भन्ने निकाय र पार्टीहरुले ? तत्कालिन समयमा ७५ सालमा भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई बन्द गराउने प्रहरीले कुन पत्रको आधारमा क्रसर उधोगलाई सञ्चालन गर्न दियो ? कि भागशान्ती मिलेर खुलाईयो ? जवाफ छ जनताको बिचमा दिने सत्य जवाफ ? त्यतिखेर महानगरको परिपत्र अनुसार ती उद्योगहरुले अत्यधिक मात्रामा प्राकृतिक स्रोतसाधनको दोहन र राजस्वको अपचलन गरेको आरोप लगाइएको थियो । ०७५पुस २० गते महानगरकी प्रमुख मेयर रेनु दाहालको संयोजकत्वमा बसेको अनुगमन समितिको बैठकले सो निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको थियो । अनि अहिले चाही यी क्रसरहरुले के प्राकृतिक श्रोत साधनको दोहन गरेका छैनन् र ?
त्यतिखेर महानगरलाई केही कर बुझाएर ती अबैध क्रसर उधोगहरु निवार्द रुपले सञ्चालनमा आएपनि न महानगर न अरु सरकार कोही कसैले कार्बाही गर्न नसक्दा यी अबैध क्रसरहरुले अहिलेसम्म ब्रम्हलुटको धन्धा चलाईरहेका छन् । एकातिर प्राकृतिक श्रोत साधनको चरम दोहन अर्कोतिर सर्बसाधरणलाई ३० हजारसम्म बिक्रि गर्ने गिटी बालुवामा ब्यापक मात्रमा कर समेत छली भईरहेको पाईएको भएपनि राज्यका नियामक निकायहरु तैं चुपमैचुप भै किन मुखमा बुझो लगाएर बसेका हुन ? के जनताले यति पनि बुझेका छैनन् र ?
श्रोतका अनुसार भरतपुर महानगरले यी क्रसरहरु बन्द गराउन खोजेपनि नगरभित्रकै केही माफियाहरुको चलखेलको अगाडी महानगर समेत निरिह बन्न पुगेको आम बुझाई छ । यसैबिच केही समय पहिला भतेरीका स्थानियहरुले क्रसर उधोगले प्रदुषण र रोग फैंलाएको भन्दै निरन्तर बिरोध गरिरहेका छन् । भतेरीका मात्र होईन चितवन र आस पासका स्थानियले समेत कस्को आडमा चलिरहकोे छ अबैध क्रसर उद्योग ? भनि प्रश्न गरिरहेका छन् ।आजको भण्डाफोर अभियान साप्ताहिक समाचारपत्रबाट