Breaking News

बजार भित्रिदैं नक्कली बिउ:  नियामक निकायहरु बेखबर !

                  फाईल फोटोः अबैध गोरखनाथ कम्पनीका धानका बिउहरु नियन्त्रणमा लिई खाल्डोमा पुर्दैं नियामक निकाय

चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कलीधानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भैरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला कृषि कार्यालय, स्थानिय पालिकाका कृषि कार्यालय र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरु समेत बेखबर बनि बसेका छन् ।

चितवन हुँदैं पश्चिममा नवलपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, सुर्खेत, बाँके, बर्दिया कैलाली कञ्चनपुर र पुर्बका बारा, पर्सा, रौंतहट, सर्लाही, महोतरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापा लगाएत ४५ भन्दा बढी जिल्लामा बिभिन्न नामका नक्कली बिउहरु भित्रिएर बजारमा बिक्री बितरण भैंईरहेको हो । यो कार्यमा बिगतदेखि यहि क्षेत्रमा नाम र दाम कमाउनेहरुले नै सक्कलीसँगै नक्कली बिउहरुको तस्करी गरिरहेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार तस्करहरुले कृषि मन्त्रालयदेखि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (नार्क) सम्म सेटिङ्ग मिलाएर यस्ता प्रतिबन्धित तथा नक्कली बिउबिजनहरु बिगतदेखि भित्र्याउदै आईरहेका छन् ।

नेपालमा मुख्य बालीको रुपमा रहेको धान खेतीको लागी बिउ राख्ने सिजन शुरुभएसँगै बजारमा नक्कली बिउको भित्रिरहेका छन् । बिगतमा बाहिर देखाएरै खुलमखुल्ला बिक्रि गरिरहेका व्यापारीहरुले यसपाली भने यस्ता नक्कली बिउहरु लुकाएर किसानलाई बिक्रि गरिरहेको खुल्नमा आएको हो । खुल्ला सिमाका कारण चोरी तस्करी गरी अबैंध रुपमा भित्र्याईएका हुन या भन्सारमा सेटिङ्ग गरी ल्याईएका हुन्, यस्ता नक्कली बिउहरु देशमा भित्रिरहेको भएपनि क्षेत्रिय बिउजिन प्रयोगशाला, कृषि बिकास कार्यालय, क्वारेन्टाईन कार्यालयहरु, पालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला अन्य निकायले बजार अनुगमन तथा किसानलाई सचेत पार्ने लगाएतका अन्य कार्यक्रम नगर्दा एकातिर किसानहरु ठगिने र अर्कोतिर राष्ट्रको राजस्व चुहावट भैरहेको छ ।

यसरी भारतसँग खुल्ला सिमा जोडिएका तराईका जिल्ला साथै भित्री मधेशका बजार क्षेत्रमा छ्याप्छ्याप्ती नक्कली हाईब्रिड जातका बिउ र हाईब्रिडका खोल हालेर कमसल बिउहरु बिक्रिमा राख्ने गरिएको खुलेको छ । लुकाईछिपाई गरी भन्सार कटाएर ल्याईएका त्यस्ता बिउहरु बजार अनुगमन गरी पसलहरुबाट उठाउन ढिला गर्न नहुने भएपनि किन सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन्, बुझ्न सकिएको छैन् ।

सरकार र राष्ट्रिय बिउ बिजन समितीबाट सिफारिस तथा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (नार्क) मा सुचिकृत बाली र जातका बिउबिजनको मात्र उत्पादन तथा प्रयोग गराउनको लागी सार्बजनिक सुचना जारी गर्नुका साथै प्याकिङ्ग र ब्याचिङ्ग नगरिएका त्यस्ता बिउ लगाउँदा उत्पादन र उत्पादक्त्व घट्ने तथा उमारशक्तिमा ह्रास समेत आउने भएकाले किसानलाई सचेत पानुपर्ने देखिन्छ ।

साथै नक्कली बिउहरुको कारोबारमा सम्लग्न पाईएकाहरुलाई कानुनको दायरामा ल्याउन अब ढिला गर्नुहँुदैन की ?

बिउमा कालाबजारी

प्राय: भारत र अन्य मुलुकबाट आउने बिउहरुमा ब्यापक कालाबजारी भैंरहेको समेत खुल्नमा आएको छ । कृषि मन्त्रालयदेखि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (नार्क) सम्म सेटिङ्ग मिलाएर यस्तो कार्य भैरहेको आशांकालाई बल पुग्नेगरी मन्त्रालय र केन्द्र तमासे बनि बसिरहेको देखिन्छ ।

यस बिषयमा जिल्ला प्रशासन कार्यालय लगाएतका सम्बन्धित सरोकारवालाहरुले बजारमा यस्ता कालाबजारीमा सम्लग्नहरुलाई कालाबजारी ऐन अन्र्तगत कार्बाही गर्नुका साथै किसानहरुमा जनचेतना अभिबृदिको लागी कृषि कार्यालयहरुले भुमिका खेल्नुपर्ने देखिन्छ । त्यस्तै, बिउ राखेको सिलबन्दी, बोरा वा प्याकेट, बिउ उत्पादन गरेको कम्पनीको नाम, उमारशक्ति, शुद्धता, चिस्यान प्रतिशत, मुल्य र बिउको स्तर आदीको बारेमा राम्रोसँग पढेर मात्र बिउ खरिद गरिएमा ठगीने सम्भावना रहदैन् ।

साथै राज्यका नियामक निकायहरुले सञ्चार माध्यमले प्रकाशित गरेका समाचारको आधारमा गोप्य तथा अभियानात्मक अनुगमन गर्नुपर्ने हाईन र ?