लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ

मिति २०८२।०२।०८ गते, अं. १४:०० बजेको समयमा जिल्ला काठमाडौं,काठमाडौं महानगरपालिका १४ बल्खु स्थितमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ऐ. बल्खु स्थित सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा जिल्ला सिन्धुली, गोलञ्जोर गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २४ को होम राज श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा खुल्न आएका लागु औषधको कारोबारमा संलग्न निम्न व्यक्तिहरूलाई तपसिलमा उल्लिखित दसीका सामानहरू सहित नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ६ (छ) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको ।

पक्राउ परेका व्यक्तिहरूः

1. जिल्ला सिन्धुली, गोलञ्जोर गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ४ बस्ने वर्ष २४ को होम राज श्रेष्ठ
2. जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १२ टेकु बस्ने वर्ष २३ को रविन श्रेष्ठ
3. जिल्ला नुवाकोट, तारकेश्वर गाउँपालिका ४ घर भइ ऐ. बस्ने वर्ष २१ को सुरेन्द्र अछामी
4. जिल्ला धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भइ ऐ. बस्ने वर्ष २५ को विजय आले मगर

बरामद दसीका सामानहरुः

1. लागु औषध ट्रामाडोल – १०६७ क्याप्सुल
2. नगद १९,५०० (अक्षरेपि उन्नाइस हजार पाँच सय)
3. विभिन्न कम्पनिका मोबाइल थान – ६