म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

मिति २०८२।०१।३१ गते, जिल्ला दोलखा, बैदेश्‍वर गाउँपालिका १२ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने वर्ष २४ को निशान परियारलाई काठमाडौं महानगरपालिका १५ चमतिबाट पक्राउ गरीअभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट मिति २०८२/०२/०७ गते अ. १२:२१ बजेको समयमा भागेको भन्ने जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौं महानगरपालिका २४ याट्खा टोलबाट ऐ. मिति अ. १८:१८ बजे लुकीछिपी रहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको ।