Breaking News

राष्ट्रिय युवा संघ नेपाल भरतपुरले विभिन्न कार्यक्रम गरी मनायो ३६ औं स्थापना दिवस

चितवन/राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवस राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

एकैदिन ४ वटा कार्यक्रम गरी स्थापना दिवस मनाइएको महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । ४ वटै कार्यक्रम अध्यक्ष कार्कीकै अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज शंकर अधिकारी, विशिष्ठ अतिथिहरुमा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर ईन्चार्ज रामप्रसाद न्यौपाने, पार्टी जिल्ला अध्यक्ष कमलराज पाठक, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु अमृता भट्टराई, शिव ढकाल, अविरल पोख्रेल, बागमती प्रदेश कमिटी सदस्य एवम् महानगर ईन्चार्ज कृष्णप्रसाद अधिकारी, बागमती प्रदेश कमिटी सदस्य रोजिना भट्टराई, संगठन एवम् पार्टीका जिल्ला तहका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

महानगर कमिटीले मदन आश्रित स्मृति पार्क सरसफाई, भरतपुर– २३ स्थित राष्ट्रिय आधारभुत विद्यालयका ६५ विद्यार्थीहरुलाई स्टेशनरी वितरण, भरतपुर–१ स्थित रामजानकी बालिका आश्रममा खाद्यान्न वितरण र भरतपुर–१० स्थित फुटबल क्लवलाई खेल सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको हो ।

चितवन जिल्लामा महानगरले जस्तै राप्ती नगर कमिटीले स्टेशनरी वितरण, खैरहनी नगर कमिटीले दीप प्रज्वलन, कालिका नगर कमिटीले खाद्यान्न वितरण, माडी नगर कमिटीले खेल सामग्री हस्तान्तरण र इच्छाकामना गाउँ कमिटीले खेल सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको चितवन जिल्ला ईन्चार्ज शंकर अधिकारीले जानकारी दिए ।

२०४७ साल जेष्ठ १ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा स्थापना भएको तत्कालीन प्ररायुसंघ नेपालको आज ३६ औं स्थापना दिवस हो । तत्कालीन प्ररायुसंघ नेपाल हाल राष्ट्रिय युवा संघ नेपालका रुपमा रहेको छ ।