गैंडाकोट नगरपालिकाको फोहर सिधैं नारायणी नदीमा ।
नगरप्रमुख अधिकारीले देखाए दम्भः सरोकारवाला सबै किन तैं चुप मै चुप ? डलरको खेती गर्ने एनजिओ आईएनजिओ कहाँ छन् ?
सुर्य बराल/गैंडाकोट/गैंडाकोट नगरपालिका क्षेत्रभित्र जम्मा भएका सम्पूर्ण फोहरहरु खुल्ला रुपमा नारायणी नदीमा मिसाउने कार्य भैं रहेको पाईएको छ ।
भण्डाफोर अभियानको टिमले गत् मंगलबार प्रत्यक्ष फिल्डमा खटिएर हेर्दा यो दुरावस्था देखिएको हो । हिन्दुहरुको पबित्र तिर्थस्थल कागबेनी र मुक्तिनाथ हुँदै बग्दै आई देवघाटमा त्रिशुलीसँग मिलेर बग्दै नारायणगढ र गैंडाकोटमा आईपुग्दा नारायणी नदीको नामले परिचित यो नदीमा गैंडाकोट नगरपालिकाले नगरपालिका भरीको फोहर र मलमुत्रसहितको ढल सिधै नारायणीमा मिसाईएको पाईएको हो ।
आम सर्बसाधरणलाई जहाँ पायो त्यहाँ फोहर बिर्सजन गर्नु हुँदैन भनेर सिकाउनुपर्ने नगरपालिकाले नैं गैरजिम्बेवार भई नगरभरीको फोहर सिधै नारायणीमा मिसाउनाले गैडाकोट नगरपालिकाको नेतृत्व गर्नेहरुको सोंच कतिसम्म गैंह्रजिम्बेवार र लापारबाहीपूर्ण छ भन्ने प्रष्ट भएको स्वयं नगरबासीहरुको बुझाईरहेको छ ।
यसैबिच हामीले गैडाकोट नगरपालिकाले नगरभरिको फोहर सिधै नारायणी नदीमा फोहर बिर्सजन गरेको बिषयमा कुरा गर्दा नेपाली काँग्रेसका नेता समेत रहेका नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैंह्रजिम्बेवार अभिब्क्ति दिएका छन् ।
भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बराल सँग कुरा गर्दै उनले पत्रिकामा निकाल्नु न भन्दै गैंह्रजिम्बेवार जवाफ फर्काएका हुन् । दम्भ सहितको गैंह्रजिम्बेवार जवाफ दिएका अधिकारी गैंडाकोटका जमिन्दार पनि हुन् । नारायणी नदीको बिचैमा यसरी फोहर बिर्सजन गर्नु प्रदुषणलाई बढवा र बाताबरण नाश गर्ने कार्य हो र यो कार्यमा स्वंय नगर प्रमुखकै निर्देशनमा भएको देखियो ।
यसरी गैडाकोट र नारायणी नदी आसपासका सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्न नसक्दा नेपालको मध्यभागमा पर्ने देशकै सबैभन्दा गहिरो नदि नारायणी नदी र आसपासको क्षेत्र दिनप्रतिदिन प्रदुषित बन्दै गईरहेको छ । नवलपुरको त्रिवेणी सुस्ता महेशपुर हुँदै भारतमा पुगेपछी गंगा नदीको नामले चिनिने यो नदी हिन्द महासागरमा गएर मिसिन्छ । यहाँ गरिएको फोहरको कारण महासागर समेत प्रदुषित भईरहेको छ ।
गैंडाकोट नगरपालिकाले फोहरको उचित ब्यबस्थापन बिना यसरी नारायणी नदीमा फोहर फाल्नु धार्मीक रुपमा पाप मात्र नभएर महापाप हो । त्यस्तै कानुनी एवं सामाजिक रुपमा अपराध हो ? नारायणी नदीमा यसरी नगरको फाहर बिना प्रशोधन सिधै नारायणीमा मिसाउदा त्यसले नदीमा रहेका जिवजन्तुहरु त् यसै बिनासको क्रममा जान्छन नै ।
साथै यस्ले बोटे टोल लगाएत वरीपरीका स्थानिय बासिन्दाहरु रोगको शिकार हुने क्रम बढने छ, यस बिषयमा सरोकारवाला सबै सचेत भई नगरको फोहर फोहर फाल्ने कार्यलाई तत्काल रोक लगाउनु पर्छ ।
नारायणी नदीको बिचको बगरमा बिना प्रशोधन यसरी फालिएको फोहरले नारायणी नदीको साथै चितवन राष्ट्रिय निकुञ्जबाट आई नारायणी नदीमा पानी पिउने जनावरहरुलाई धेरै असर परेको हुनसक्छ । यस बिषयमा राष्ट्रिय निकुञ्ज प्रशासनले समेत सरी नदीमा फोहर फाल्न रोक लगाउनुपर्दछ । भरतपुरतर्फको नगरबन र अन्य मजुवाहरुमा बिभिन्न प्रजातिका हजारौ जीवजन्तुको बासस्थान छ, नदीमा यसरी फोहर फाल्दा उनीहरुको बासस्थानमा दिनप्रतिदिन प्रदुषण बढीरहेको छ, यहाँ नजिक फोहर फालेको कारण बस्तीमा समेत लामखुट्टे लगाएतका किटहरु बढेका छन्
बिना प्रशोधनका फोहर निरन्तर नदीमा फालिदा त्यसले मानिसलाई मात्र नभई नारायणी नदीमा आश्रीत माछा, भ्याकुता, गोही चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैडा, हरिण, मृग, बँदेल अजिङ्गर लगाएतका प्राणीहरुमा दीर्घकालिन असर पर्न सक्ने बातावरणविदहरु बताउँछन् । यस बिषयमा गम्भिर बन्न ढिला गर्दा आगामी दिनमा अनपेक्षित नोक्सानहरु ब्योहर्नुपर्ने हुनसक्छ, सतर्फ गैडाकोटनगरपालिका सचेत हुनुपर्ने देखिन्छ । अन्य साना तिना काममा बाताबरणको हवला दिदैं टाङ्ग अड्काउने र डलरको खेती गर्ने एनजिओ आईएनजिओ कहाँ छन् ?
आम प्रश्न उठेको भएपनि अहिलेसम्म कुनै एनजिओ आईएनजिओले बिरोध गरेका छैंनन् । भण्डाफोर अभियान साप्ताहिकबाट साभार